Logo

२०८३, आश्विन १०गते


images
images

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

images
  • शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
    images
    images

    काठमाडौं । शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, चार वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

    images
    images
    images

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

    त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।