काठमाडौं । ‘ग्रेटर नेपाल’का संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन् । उनलाई सोमवार मध्याह्न १२ बजेतिर सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्ने क्रममा प्रहरीले पक्रेको हो ।
लिपुलेक सम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै धर्ना दिएका उनलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्त पु¥याइएको छ ।
उनले आफू आज बिहान सामाजिक सञ्जाल मार्फत दिउसो १२ बजेदेखि २ बजेसम्म धर्ना बस्ने जानरकारी दिएका थिए ।
‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इण्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इण्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ, इण्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ,’ उनले फेसबुकमा लेखेका थिए,’ त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन । यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्याह्न १२ बजेदेखि ४ बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology