Logo

२०८३, कार्तिक २७गते


images
images

थाइल्याण्डबाट आउने भिक्षुहरुलाई देवदहमा स्वागत गरिने

थाइल्याण्डबाट आउने भिक्षुहरुलाई देवदहमा स्वागत गरिने

images
  • थाइल्याण्डबाट आउने भिक्षुहरुलाई देवदहमा स्वागत गरिने
    फाइल फोटो
    images

    देवदह । थाइल्याण्डदेखि धम्मयात्राको क्रममा नेपाल आउने भिक्षुहरुलाई देवदहमा स्वागत गरिने भएको छ ।  यशोधरा भिक्षुणी विहार देवदहको आयोजनामा भिक्षुहरुलाई स्वागत गरिने भएको हो ।

    images
    images
    images

    आउदो माघ ३० गते पाल्पा हुँदै देवदह आइपुग्ने धम्मयात्राका भिक्षुहरुलाई स्वागत गर्न १ हजार १ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ । उपेखा गुरुमा संरक्षक रहेको मुल समितीमा  टेक बहादुर थापा संयोजक र मिना श्रेष्ठ सह–संयोजक रहेको विहार संरक्षण समितिका सचिव तिलविक्रम बुढाथोकीले जानकारी दिए ।

    images
    images
    images

    समितिमा देवदहमा  रहेका विभिन्न विहारका अध्यक्ष, सामुदायिक बन, आमा समूह, टोल विकास संस्था , सहकारी संस्था, युवा क्लवका प्रतिनिधिहरु सदस्य रहनेछन् । 

    images
    images

    त्यसैगरि एकल जातिय संस्था, व्यापारीक एवम् समाजिक संस्थाहरु पनि मुल समितिको सदस्यका रुपमा रहनेछन् ।

    धम्मा यात्रामा आउने भिक्षुहरु एक दिन देवदहमा बसेर अर्कोदिन रामग्राम जाने कार्यक्रम तय भएको छ । पाल्पाको माथागढी हुँदै देवदह प्रवेश गर्ने भिक्षुहरुको धम्मयात्रामा देवदहवासीको तर्फबाट भोजनदान गरिने समेत संरक्षण समितिले जनाएको छ । 

    ‘देवदहमा हुन लागेको धम्मयात्राले यहाँको प्राचीन ऐतिहासिकतालाई उजागर गर्न मद्धत पुग्नेछ ।’ यशोधरा भिक्षुणी विहारकी संरक्षक उपेखा गुरुमाले  भनिन्, ‘मातृशक्तीको आधार देवदहलाई विश्व सामु चिनाउन पनि धम्म यात्रा महत्त्वपूर्ण सावित हुनेछ ।’ उनले यो यात्रालाई सवै मिलेर गन्तव्य स्थल सम्म पुर्‍याउन सहयोग गर्नुपर्ने धारणा राखिन् । 

    धम्मयात्रा समन्न गर्न संरक्षण समितिका कोषाध्यक्ष शोभा कुमारी थापाको संयोजकत्वमा आर्थिक उप–समिती गठन गरिएको छ ।

    कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न देवदहका १२ वटै वडामा प्रचार अभियान सञ्चालान गरिने संरक्षण समितिका सह–सचिव किसन थापाले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।