Logo

२०८३, आश्विन १०गते


images
images

इप्सा रुपन्देहीले मावि स्तरीय भलिबल प्रतियोगिता गर्ने

इप्सा रुपन्देहीले मावि स्तरीय भलिबल प्रतियोगिता गर्ने

images
  • इप्सा रुपन्देहीले मावि स्तरीय भलिबल प्रतियोगिता गर्ने
    फाइल फोटो
    images
    images

    देवदह । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (इप्सा) रुपन्देहीको आयोजनामा छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । इप्सामा आवद्ध विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्दै खेलको माध्यमबाट स्वस्थ नागरिक उत्पादन गर्ने उद्धेश्यका साथ कार्यक्रम गर्न लागिएको अध्यक्ष रामबहादाुर गुरुङ्गले जानकारी दिए । 

    images
    images
    images

    ‘उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिनको लागि खेलकुद आवश्यक हुन्छ ।’ अध्यक्ष गुरुङ्गले भने, ‘हरेक तहको परीक्षाहरुमा उत्कृष्ट नतिजा प्रदान गर्दै आइरहेका निजी विद्यालयहरुले अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट नतिजा प्राप्त गरेका छन् । त्यसको कारण भनेको समय–समयमा गरिने खेलकुद क्रियाकलाप नै हो ।’  

    images
    images
    images

    प्रतियोगितामा संगठनमा आवद्ध १२ वटा मावि तहका कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा सहभागि हुने सचिव बिनोद थापामगरले जानकारी दिए । जहाँ प्रथम हुने टिमले नगद पच्चिस हजार,  द्वितीय हुनेले पन्ध्र हजार र तृतीय हुने टिमले पाँच हजार नगद तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक तथा कोषाध्यक्ष कृष्णप्रसाद गैरेले बताए । 

    images
    images
    images

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर र उत्कृष्ट कोचलाई समेत पुरस्कृत गरिने इप्साले जनाएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु यही पौष २८ र २९ गते देवदह–५ स्थित पानवारी खेल मैदानमा हुने सचिव थापा मगरले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।