देवदह । नवलपरासीको सुनवल–२ बत्रौलीमा गएराती भएको सवारी दुर्घटनामा परि एकजनाको ज्यान गएको छ ।
राती अन्दाजी १ बजेको समयमा सुनवल–परासी भित्री सडक खण्डमा परासीबाट सुनवल तर्फ आउदै गरेको लु ९८ प १७५३ नम्बरको मेटरसाईकल अनियन्त्रित भई रोकिराखेको ट्रयाक्टरको ट्रलिमा ठक्कएर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक नवलपरासी रामग्राम–५ का १८ बर्षिय दिप प्रजापतिको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ । टाएर पञ्चर भएर रोकि राखेको ईन्जिन विनाको उँखु लोड भएको ट्रालिमा ठोक्एिका प्रजापतिलाई उपचारका लागि मेडिकल कलेज भैरहवा पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दु्र्घटनामा परि मोटरसाईकलको पछाडी सवार सोही ठाउँ बस्ने वर्ष १९ का सुरज सहानी घाइने भएका छन् । उनको दुबै खुट्टामा चोट लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology