काठमाडौं । कमेडी च्याम्पियन सिजन २ को उपाधि ताप्लेजुङका भरतमणी पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालेमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology