Logo

२०८३, आश्विन १०गते


images
images

भारतलाई हराउँदै अस्ट्रेलिया डब्लुटिसी फाइनलमा

भारतलाई हराउँदै अस्ट्रेलिया डब्लुटिसी फाइनलमा

images
  • भारतलाई हराउँदै अस्ट्रेलिया डब्लुटिसी फाइनलमा
    images
    images

    एजेन्सी । पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वल्र्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ ।

    images
    images
    images

    तीन दिनको खेलमा आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै आगामी जुनमा इङ्गल्याण्डमा आयोजना हुने (डब्लुटिसी) फाइनलका लागि छनोट भएको छ । फाइनल पुग्ने अस्ट्रेलिया दोस्रो टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाले फाइनलमा पुगिसकेको छ ।
    १ सय ६२ रनको लक्ष्य अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा ग¥यो । अस्ट्रेलियाका लागि उस्मान ख्वाजाले सर्वाधिक ४१ रन जोडे । 

    images
    images
    images

    बेयु वेबस्टर र ट्राभिस हेड नट आउट रहे । बेयुले ३९ तथा हेडले ३४ रन जोडे । साम कन्स्टास २२ तथा स्टिभ स्मिथ ४ रनमा आउट भए ।

    images
    images
    images

    भारतले पहिलो इनिङ १ सय ८५ र दोस्रो इनिङमा १ सय ५७ रन बनाएको थियो । अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ८१ रन बनाएको थियो ।

    अस्ट्रेलियाले यो जितसँगै बोर्डर गावास्कर ट्रफी ३९१ ले आफ्नो पक्षमा पार्दै (डब्लुटिसी) को फाइनल पुगेको हो । हारपछि भारत (डब्लुटिसी) को फाइनल दौडबाट बाहिरिएको छ ।

    पहिलो टेस्टमा भारत २ सय ९५ रनले विजयी हुँदा दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिदा चौथो टेस्ट अस्ट्रेलियाले जितेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।