Logo

२०८३, कार्तिक २७गते


images
images

कास्कीको लुम्लेमा कविता पार्क बन्ने

कास्कीको लुम्लेमा कविता पार्क बन्ने

images
  • कास्कीको लुम्लेमा कविता पार्क बन्ने
    images

    असफल गौतम, पोखरा । कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ । स्थानीय चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा पार्क निर्माण गर्न लागिएको हो ।

    images
    images
    images

     देशकै एकमात्र 'कविता गाउँ'का प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराएका हुन् ।

    images
    images
    images

    कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत गर्दै विनोद गौचनको प्रतिमासहितको कविता पार्क निर्माणमा २६ लाख २५ हजारको लागत लाग्ने जनाए ।

    images
    images

     दान घोषणा गरिएको आठ आना जग्गा समितिको नाममा आएपछि समितिले अन्नपूर्ण गौरव योजनाका रूपमा अगाडि बढाएर लुम्ले ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्रका रूपमा अगाडि बढाउने लक्ष्य समितिको रहेको जानकारी गराए ।

    कार्यक्रमका वडा नं. ६ का वडाध्यक्ष एकदेव देवकोटाले कास्कीको लुम्लेलाई आन्तरिक तथा बाह्य पर्यटन आकर्षणको केन्द्र बनाउन सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।  समितिका संरक्षक विश्वमोहन गौचनले पार्क निर्माणका लागि परिवारबाट सक्दो सहयोग रहे तापनि लुम्लेवासीको साथ र सहयोग विना त्यो काम अपूरो र अधुरो रहने धारणा राखे ।

    कविता गाउँ लुम्लेका संस्थापक अध्यक्ष भक्तिराम देवकोटाले लुम्लेको नाम फेरिएको मात्र नभएर साना ठूला कार्यक्रम भइसकेकाले अब घोषणा सभाको झल्को दिने गरी काम र कार्यक्रम गर्न क्रियाशील हुनुपर्ने समय आएको बताए ।

    समितिका संस्थापक महासचिव सुनिल देवकोटाले लुम्ले कविता गाउँ समितिले देखेको कविता पार्कको सपना पूरा गराउन नीजि जग्गा दान गर्ने चिनबहादुर केसी परिवार धन्यवादका पात्र रहेको बताए ।पूर्व अध्यक्ष चूडामणि देवकोटाले वर्तमान समितिले अगाडि बढाएका योजनालाई मूर्त रूप दिन लुम्लेबासी जाग्न सकेको खण्डमा लुम्लेलाई नमूना बनाउन सकिने बताए । 

    कविता गाउँ लुम्लेका सचिव सुवास गुरुङले लुम्लेमा आन्तरिक तथा बाह्य पर्यटनको बसाइ लम्ब्याउन होमस्टे सञ्चालन गरी घरका कोठामा नेपालीपन झल्काउने राष्ट्रिय झण्डा, सारंगी, ठेकी, खुर्पेटो सजाउने, नेपाली र अंग्रेजी भाषामा राष्ट्रिय गानका साथै चर्चित कविका कविता एवम् चित्र सजाउँदै पार्क सौन्दर्यकरणमा समिति लाग्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्लेमा कविता पार्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।