देवदह । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीकाे पक्षमा जनलहर देखिएकाे बताका छन् । माओवादी केन्द्र देवदह नगर कमिटीकाे चाैथाे नगर अधिवेशन उद्घाटन गर्दै नेता बरालले माओवादी २०६४ कै अवस्थामा फर्केको दाबी गरे ।
´पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा जनपक्षीय काम गरेका कारण माओवादीकाे पक्षमा जनमत वढेकाे हाे ।' उपनिर्वाचनले पनि त्यो देखायो ।' उनले भने माओवादी सकियाे भन्नेहरू माओवादीसंग डराएर गठवन्धन गर्दै हिड्ने अवस्था बन्यो ।' भष्ट्रचार र वेथिती विरूद्ध उभिन नेता कार्यकर्तालाई उनले निर्देशन दिए ।
वर्तमान सरकारकाे काम प्रति काँग्रेस एमालेकै कार्यकर्ता खुसी नभएका कारण सरकार रक्षात्मक अवस्थामा पुगेकाे नेता बरालले बताए ।
एमाले भित्रै प्रधानमन्त्री ओलीकाे विकल्पकाे खाेजी हुन थालेपछि भिम रावल लगायत नेताहरूलाई कार्वाही गरिएकाे उनको भनाइ थियो ।
माओवादीमा पछिल्लाे समय पद लिने तर काम नगर्ने प्रवृती देखिएकाे बताउँदै नेता बरालले पार्टीलाई समय दिन सक्ने नेतृत्व चयन आग्रह गरे । उनले हिजाेकाे याेगदानलाई सम्मान गर्दै वर्तमान काम गर्न सक्नेलाई पार्टीकाे नेतृत्व दिनु पर्नेमा जाेड दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology