देवदह । राप्रपा देवदह–९ को अध्यक्षमा पुनः लक्ष्मण चौधरी चयन भएका छन् । राप्रपा अव नवीन राप्रपा भन्ने नाराका साथ भुगोल केन्द्रित कार्यक्रम अन्तर्गत शुक्रवार भएको वडा भेलाले वडा समिति पुनर्गठन गरेको हो । राप्रपा देवदह ९ वडा समिति २१ सदस्यीय गठन भएको हो ।
जसको उपाध्यक्ष लक्ष्मी भट्टराई, सचिब शान्ति सुवेदी रहेका छन् । त्यस्तै कोषाध्यक्षमा पूर्णचन्द्र पाण्डे चयन भएको राप्रपा देवदहले जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले पुराना राजनीतिक दलमा वितृष्णा भएका कारण राप्रपाको लहर चलेको बताए । ‘अव जनताको पार्टी भनेको राप्रपा नै हो । मुलधारका राष्ट्रिय पार्टीहरु भष्ट्राचारमा लिप्त छन् । त्यसैले राप्रपा देशको विकाससँगै आमुल परिवर्तनको पक्षमा रहेको छ ।’ उनले भने, ‘सनातन हिन्दु राष्ट्र ल्याउन अव जनता एकजुट हुनुपर्ने अवस्था बनेको छ ।’
कार्यक्रममा राप्रपा क्षेत्रिय उपाध्यक्ष बसन्त न्यौपाने, देवदह नगर अध्यक्ष माधव रिमाल, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका क्षेत्रिय संयोजक धनराज भुर्तेल लगायतको उपस्थिती थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology