Logo

२०८३, आश्विन १०गते


images
images

भारत-अस्ट्रेलिया पाँचौँ टेस्ट: कप्तानलाई बेन्चमा राखेको भारत समेटियो १ सय ८५ रनमा

भारत-अस्ट्रेलिया पाँचौँ टेस्ट: कप्तानलाई बेन्चमा राखेको भारत समेटियो १ सय ८५ रनमा

images
  • भारत-अस्ट्रेलिया पाँचौँ टेस्ट: कप्तानलाई बेन्चमा राखेको भारत समेटियो १ सय ८५ रनमा
    images
    images

    काठमाडौं । भारत र अस्ट्रेलियाबिच जारी पाँचौँ तथा अन्तिम टेस्टको पहिलो इनिङमा भारत १ सय ८५ रनमा समेटिएको छ। शुक्रबारबाट सिड्नीमा सुरु भएको अन्तिम टेस्टमा भारत जित निकाल्दै सिरिज बराबरी गर्ने लक्ष्यमा रहेको छ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिननै अलआउट भयो। कप्तान रोहित शर्मालाई बेन्चमा राखेर जसप्रित बुमराहको कप्तानीमा मैदन उत्रिएको भारतका लागि ऋषभ पन्तले ४० रन बनाउनु सर्वाधिक रह्यो।

    images
    images
    images

    ऋषभ बाहेक रविन्द्र जडेजाले २६ रन बनाउँदा शुभमन गिलले २० रन बनाए त्यस्तै विराट कोहली १७ रनमा आउट हुँदा वासिङगटन सुन्दरले १४ रन बनाए। कप्तान जसप्रित बुमराह २२ रनमा अन्तिम विकेटका रुपमा पेभिलियन फर्किए।

    images
    images
    images

    अस्ट्रेलियाक लागि स्कट बोलान्डले ४ विकेट लिंदा मिचेस स्टार्कले ३ तथा प्याट कमिन्सले २ विकेट लिए। अर्को १ विकेट नाथन लियोनका नाममा रह्यो। सिरिजमा अस्ट्रेलिया २-१ ले अघि रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।