काठमाडौं । बालकलाकार सचिन परियारको निधन भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । आज बिहान करिब १० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी १३ वर्षका थिए ।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा सहजै भेटिन्छन् ।
सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनयसमेत गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनले गाएका प्रमुख गीत हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology