देवदह। पौष २० गते बुटवलमा बृहत् नागरिक विद्रोह हुने भएको छ।। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्वमा बृहत नागरिक बिद्रोहको आयोजना गरिएको हो ।
देशव्यापी अन्याय र अधिकार हनन विरुद्ध जनताको आवाजलाई एकजुट पार्न बुटवलमा नागरिक विद्रोहको आयोजना गरिएको राष्ट्रियता र धर्म संस्कृति बचाउ महाअभियान, लुम्बिनीका अञ्चल प्रमुख धन बहादुर अधिकारी "शंकर"ले जानकारी दिए ।
बुटवलको राजमार्ग चौराहामा बिहान ११ बजेदेखि सुरु हुने नागरिक विद्रोहमा भ्रष्टाचार, व्यथितीका विरुद्ध स्वतःस्फूर्त रुपमा सहभागी हुन आह्वान समेत गरिएको छ ।
यस अगाडि गण्डकी र चितवनमा बृहत् नागरिक विद्रोह सम्पन्न भैसकेको र देशका मुख्य मुख्य सडकबाट जनतालाई जागरुक बनाउन अभियान सञ्चालन गरिएको प्रमुख अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
नागरिक विद्रोहमा मानवाधिकार कायम, नागरिकको जीवन रक्षा, वित्तीय समस्या समाधान, शासकीय अधिनायकवादको अन्त्य, स्वतन्त्र नागरिक आयोग गठन लगायतका विषयको माग सहित सभा गरिने प्रमुख अधिकारीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology