Logo

२०८३, कार्तिक २७गते


images
images

पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

images
  • पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ
    images

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच जना राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

    images
    images
    images

    राष्ट्रपति भवन शीतलनिवासमा बुधबार राष्ट्रपति पौडेलले पोर्चुगल, दक्षिण अफ्रिका, बेल्जियम, मलेसिया र डेनमार्कका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

    images
    images
    images

    प्रकाशमणि पौडेललाई पोर्चुगल, प्रा।डा। कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम, डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसिया र सुम्निमा तुलाधरलाई डेनमार्कको राजदूतका रूपमा शपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

    images
    images

    शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

    list-of-rajdut-558x768.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवनियुक्त राजदूत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।