Logo

२०८३, श्रावण २७गते


images
images

आदर्श बहुमुखी क्याम्पस को सातौंं क्याम्पस सभा एवम् सोह्रौ बार्षिकोत्सव सम्पन्न

आदर्श बहुमुखी क्याम्पस को सातौंं क्याम्पस सभा एवम् सोह्रौ बार्षिकोत्सव सम्पन्न

images
  • आदर्श बहुमुखी क्याम्पस को सातौंं क्याम्पस सभा एवम् सोह्रौ बार्षिकोत्सव सम्पन्न
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखि क्याम्पसको सातौं क्याम्पस सभा, सोह्रौ बार्षिकोत्सव तथा आभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले १६ बर्षको गर्विलो इतिहास बनाएको आदर्शले शैक्षिक गुणस्तरलाई विशेष ध्यान दिनुपर्ने बताए । ‘अहिले २ वटा संकायमा कक्षा सञ्चालन भइरहेको छ । अव थप ४ वटा संकाय थप गरेर अध्ययन-अध्यापनको दायरा बढाउनुपर्नेछ ।’ उनले भने, ‘हाल क्याम्पमा बिबिएस र बिएड मात्रै सञ्चालनमा छ, अब बिसिए बिबिए बिआईएम र बिबिएम संकाय पनि थप गर्नुपर्छ ।’ प्रमुख खरेलले देवदह नगरपालिकाले क्याम्पसको लागि निरन्तर बजेट बिनियोजन गर्दै आएको र आगमी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
     
    कार्यक्रमका देवदह नगरपालिकाका निवर्तमान नगरप्रमुख हिराबहादुर खत्रीले स्थापना कालदेखि नै क्याम्पसलाई साथ र सहयोग प्रदान गर्दै आएको बताए । उनले २०६५ सालमा क्याम्पस सञ्चालन भएपछि देवदह क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाको लागि बहिर जान नपरेकोमा खुशी व्यक्त गरे । क्याम्पसको भौतिक विकासको निम्ति आफू र आफू आबद्ध पार्टी नेपाली काङ्ग्रेस सधै साथमा रहने उनले बताए । 
    सोहि अवसरमा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सह–महामन्त्री ताहिर अलि, वडा नं ९ का अध्यक्ष मोहन बहादुर जि सि, स्वावियु सभापति अर्जुन गैरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    images
    images
    images

    कार्यक्रमका अध्यक्ष वासुदेव रिमालले वार्षिक प्रतिवेदन पेश गर्दै आ.व २०८१-०८२ मा सम्पन्न गरिने योजनाहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा क्याम्पस प्रमुख जयकिसन अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत बर्षको आम्दानी-खर्चको विवरण प्रस्तुत गरे । 
    कार्यक्रममा विविध विधाका उत्कृष्ट व्द्यिार्थीहरुलाई पुरस्कृत गरियो भने विभिन्न अक्षयकोसबाट प्राप्त रकम विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप वितरण गरिएको छ ।   

    images
    images
    images

    सोही कार्यक्रमको अवसर पारी क्याम्पसका निवर्तमान प्रमुख मित्रलाल न्यौपानेलाई विदाई गरिएको र अध्यापनरत अन्य प्राध्यापक हरुलाई सम्मान गरिएको क्याम्पस प्रमुख अधिकारीले बताए । 

    क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष प्रकाश अर्यालको स्वागत र सहायक क्याम्पस प्रमुख नविन कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सप्पन्न भएको हो । 

    ४९ पिन्ट रगत सङ्कलन :

    download.jpg

    यसैबिच क्याम्पस सभाको अवसर पारेर मंगलवार विहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय विभिन्न संघसंस्थाको सहयोगमा सञ्चालित कार्यक्रममा ४९ पिन्ट रगत सङ्कलन भएको छ । रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा १६ जना नयाँ रक्तदाताले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख निरञ्जन राजभण्डारीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।