बुटवल । नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको २३ औं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । पुष १४ गतेदेखि जारी अधिवेशनले थर्क बहादुर बाह«घरे मगरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । यसअघि जिल्ला समितिमा सदस्य सचिव र उपाध्यक्ष रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका बाह«घरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरि निर्वाचन मार्फत उपाध्यक्षमा टेक बहादुर रेस्मीमगर निर्वाचित भएका छन् । उपाध्यक्ष र सचिवमा आकांक्षीहरु धेरै भएपछि निर्वाचन मार्फत नेतृत्व टुङ्गयाइएको निर्वाचन समितिका संयोजक गीता सारुमगरले जानकारी गराइन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रेस्मीले कुल खसेको ५९ मतमा ४६ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उपाध्यक्षका अर्का उमेदवारर इन्दु थापामगरले १२ मत प्राप्त गरिन् भने एक मत बदर भएको थियो ।
त्यस्तै सचिवमा राधिका श्रीसमगर अन्य २ जना उमेदवारलाई पराजित गर्दै निर्वाचित भइन् । श्रीसले ३६ मत प्राप्त गरि निर्वाचित भइरहँदा अर्का उमेदवार मान बहादुर बुढाथोकीमगरले १८ र तेज बहादुर रानामगरले तीन मत प्राप्त गरे ।
त्यसैगरि सह–सचिवमा भेक बहादुर सारुमगर र कोषाध्यक्षमा रुद्रवीर चिडिमगर निर्वाचित भएका छन् । संघको सदस्यहरुमा श्याम बहादुर रानामगर, विनिता थापामगर, खीमा श्रीसमगर, भोम बहादुर बुढामगर, छवी रानामगर लगाएत निर्वाचित भएको निर्वाचन समितिका संयोजक सारुमगरले जानकारी दिइन् ।
२५ सदस्यीय रहेको समितिमा बाँकी रहेका अन्य सदस्यहरु पछि मनोनित हुने निर्वाचन अधिकृत अधिवक्ता बालकिशोर रानाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology