Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकर्मा दिवस

विश्वकर्मा काे हुन् ? किन पूजा गर्ने ?

विश्वकर्मा काे हुन् ? किन पूजा गर्ने ?

images
  • सेतोमसी सहकर्मी
  • विश्वकर्मा काे हुन् ? किन पूजा गर्ने ?
    images
    images

    युवराज अधिकारी, बुटवल  । नाममै काफी उत्तर छ विश्वकर्मा यानकी विश्वब्रह्माण्डका पहिलो इन्जिनियर वैज्ञानिक हुन् ।

    images
    images
    images


    मानिस सामाजिक प्राणी हो । अतः समाज सुधार , रक्षा एवं अभ्यूदयको काम त्यतिखेर मात्र यथार्थतामा परिणत हुन सक्छ, जतिबेला हामी धार्मिक मर्यादालाई पूर्ववत् कायम राख्न सक्छौं । मान्छे र समाजको सम्बन्ध देवता एवं दानव दुबैसँग उत्तिकै रहेको छ । किन की सृष्टिको आरम्भदेखि नै देवता र दैत्य दुबैले यसको सन्तुलन बनाइरहेका छन् । साथ साथै संसारका सबै प्राणीहरु विभिन्न कालखण्डमा यी दुबैको शासनमा रहदै आएका पनि छन् । कतिपय अवस्थामा उनीहरुको पूजा अर्चना पनि गरेको देख्न सकिन्छ ।

    images
    images
    images


    पूजनीय देवताहरु मध्ये ब्रह्माका प्रपौत्र (पनाति) विश्वकर्मा पनि हुन् । जसको पूजा वैदिककाल देखिनै हुदै आएको ईतिहासबाट पनि स्पष्ट देखिन्छ । यज्ञ एवं वास्तु विधानको प्रसंगमा उनको पूजा सर्वदा हुँदै आइरहेको छ । जुन कालान्तरमा केही समय बन्द जस्तै थियो । आजभोलि पनि ब्रह्माजी को पूजा एवं मन्दिर बिरलै देख्न पाइन्छ । यो कुरा अधिकांशलाई थाहा छदै छ कि स्वर्गलोकको निर्माण विश्वकर्माले नै गरेका थिए । पछि समय बित्दै जाँदा लंका,द्वारिका आदि अनेक शहरहरुको निर्माण देवलोकका शिल्पिकार विश्वकर्माले नै गरेका थिए ।

    images
    images
    images


    विश्वकर्माद्वारा प्रणीत गृह निर्माण विद्याको नाम वास्तुविद्या पर्न गयो । त्यतिबेलादेखि नै गृह–प्रतिष्ठा एवं मन्दिर–प्रतिष्ठादि कार्यहरुमा वास्तुपीठको पूजन प्रचलित हुँदै आएको छ । त्यही वास्तुदेवको आंगिरसी नामकी स्त्रीबाट विश्वकर्माको उत्पत्ति भएको थियो । आफ्ना पिताजस्तै विश्वकर्मा पनि वास्तुकलाका अद्वितीय आचार्य मानिन्छन् , जुन विश्वविख्यात नै छन् ।


    प्राचीन कालका जतिपनि विशेष राजधानीहरु भनिएका सत्ययुगको– स्वर्गलोक त्रेताको लङ्का , द्वापरको द्वारिका एवं कलियुगको हस्तिनापुर आदि अनेक नगरहरुका रचनाकार स्वयं विश्वकर्मा नै हुन् । भगवान श्रीकृष्णले आफ्नो साथी सुदामाका लागि बनाएको सुदामानगरी पनि विश्वकर्माले नै तत्क्षणमा बनाएका थिए । यसले यो कुरा बुझ्न सकिन्छ कि धन–धान्य एवं सुख–समृद्धिको अभिलाषा राख्ने हरेकले विश्वकर्माको पूजा गर्नु अत्यन्त आवश्यक एवं मङ्गलप्रद मानिन्छ ।


    विश्वकर्मालाई प्रार्थना गर्ने मन्त्र –


    ॐ नमामि विश्वकर्माणं द्विभुजं विश्ववन्दितम् । गृहवास्तु–विधातारं महाबलपराक्रमम् ।।
    प्रसीद विश्वकर्मस्त्वं शिल्पविद्याविशारद । दण्डपाणे नमस्तुभ्यं तेजोमूर्तिधर प्रभो ।। 

    (ज्योतिष युवराज अधिकारी, कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।