Logo

२०८३, कार्तिक २७गते


images
images

पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा

पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा

images
  • पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
    images

    काठमाडौं । दक्षिण अफ्रिकाले पाकिस्तानसँगको पहिलो टेस्टमा सफलता पाएको छ। सफलतासँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा छनोट भएको छ। १४८ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ९९ रन बनाउँदा आठौँ विकेट गुमाएको थियो । कासिगो रबाडा र मार्को जेन्सनले टोलीलाई जित दिलाए।

    images
    images
    images

    तीन वर्षपछि टेस्ट टोलीमा फर्किएका मोहम्मद अब्बसले ५४ रन खर्चिएर ६ विकेट लिए पनि उनले टोलीको हार टार्न सकेनन्। पाकिस्तानले सन् २००७ यता दक्षिणी अफ्रिकी भूमिमा ८ टेस्टमा पराजयको सामना गरिसकेको छ।

    images
    images
    images

    दक्षिण अफ्रिकाले ३७ रनमा ५ विकेट गुमाएपछि पाकिस्तान जितको नजिक देखिएको थियो। पाकिस्तानी बलरले १२ बलको अन्तरमा ४ विकेटको सफलता पाएका थिए। जेन्सनले १६ तथा रबाडाले ३१ रन जोडे। रबाडाले १२ रन अवस्थामा जीवन दान पाएका थिए। सो समयमा दक्षिण अफ्रिकालाई जितका लागि ३२ रन आवश्यक थियो।

    images
    images

    पहिलो पारीमा पाकिस्तानले २११ तथा दक्षिण अफ्रिकाले ३०१ रन जोडेका थिए। दोस्रो पारीमा पाकिस्तानले २३७ बनाएको हो। पहिलो पारीमा ८९ रन जोडेका दक्षिण अफ्रिकी कप्तान आइडन म्याक्रम खेलको म्यान अफ द म्याच घोषित भए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ट च्याम्पियनसिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।