Logo

२०८३, कार्तिक २७गते


images
images

अछाममा मरेको कुखुराको मासु खाएका किशोरको मृत्यु, ३ जना बिरामी

अछाममा मरेको कुखुराको मासु खाएका किशोरको मृत्यु, ३ जना बिरामी

images
  • अछाममा मरेको कुखुराको मासु खाएका किशोरको मृत्यु, ३ जना बिरामी
    प्रतीकात्मक तस्वीर
    images

    कैलाली। अछाममा मरेको कुखुराको मासु खाएर बिरामी परेका एक किशोरको मृत्यु भएको छ । सोही मासु खाएका उक्त परिवारका अन्य तीनजना बिरामी भएका छन् ।

    images
    images
    images

    कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए । मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको भण्डारीले बताए ।

    images
    images

    उनका अनुसार कुखुराको मासु खाने मृतककि हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाति ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी भण्डारीले बताए ।

    मरेको कुखुराको मासु खाएपछि मृतक बालकसहित परिवारका अन्य सदस्यमा पेट दु:ख्ने, बान्ता हुने लगायत लक्षण देखिएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।