देवदह । सरस्वती शिक्षालय देवदह–७ मदनग्रामले सरसफाई तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई शिक्षा सँगसँगै व्यावहारिक ज्ञान दिने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक नविन पाण्डेयले बताए ।
‘सरसफाई जीवनको अत्यावश्यक र दैनिक रुपमा गरिने कार्य हो । यसप्रति विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिन आवश्यक छ ।’ पाण्डेयले भने, ‘शिक्षक र अभिभावकसँगै मिलेर टोल सरसफाई गरेपछि त्यसले विद्यार्थीलाई सरसफाई प्रति थप जिम्मेवार बनाउनेमा हामी विश्वस्त छौं ।’
कार्यक्रममा बोल्दै मदनग्राम टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण सापकोटाले डस्टविनको सही सदुपयोग गर्ने प्रतिवद्धता सहित राम्रो कामको थालनी गरेको भन्दै विद्यालयप्रति आभार प्रकट गरे । यसरी गरिने कामबाट विद्यालय र समुदायको सम्बन्ध बलियो हुने सापकोटाले बताए । विद्यालयका प्रबन्ध निर्देशक हरिप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology