Logo

२०८३, कार्तिक २७गते


images
images

प्रेस सेन्टर रूपन्देहीले गर्यो तीन नगरपालिकामा सम्मेलन

प्रेस सेन्टर रूपन्देहीले गर्यो तीन नगरपालिकामा सम्मेलन

images
  • प्रेस सेन्टर रूपन्देहीले गर्यो तीन नगरपालिकामा सम्मेलन
    images

    बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले जिल्लाका तीन वटा नगरपालिकामा नगर सम्मेलन  सम्पन्न गरेकाे छ । बिहिबार प्रेस सेन्टरकाे सिद्धार्थ नगर नगरपालिका, तिलाेत्तमा नगरपालिका र देवदह नगरपालिकाकाे नगर सम्मेलन सम्पन्न भएकाे हाे । 

    images
    images
    images

    सम्मेलनले सिद्धार्थनगरमा पशुपति यादव, तिलाेत्तमामा प्रकाश पाण्डे र देवदहमा निर्मल थापाकाे नेतृत्वमा नगर कमिटी सर्वसम्मत चयन गरेकाे संगठन विभाग प्रमुख समेत रहेका जिल्ला सचिव रमेश गैरेले जानकारी दिए । 

    images
    images
    images

    सिद्धार्थ नगर कमिटीकाे उपाध्यक्षमा जितेन्द्र थारू, सचिवमा गाेरख थारू, सह-सचिवमा झब्बर यादव र काेषाध्यक्षमा रूविना थापा मगर चयन भएका छन् । 

    images
    images

    संगठनकाे तिलाेत्तमा उपाध्यक्षमा शारदा शाही सचिवमा माेहन न्याैपाने सह-सचिवमा सागर भण्डारी र काेषाध्यक्षमा पारू न्याैपाने रहेका छन् भने देवदह नगर सचिवमा धुर्व लामिछाने र काेषाध्यक्षमा देवी पाैडेल चयन भएकाे संगठनले जनाएकाे छ । 

    प्रेस सेन्टर नेपालले यही माघ १५ देखि १७ गते सम्म नवौँ राष्ट्रिय महाधिवेशन संघीय राजधानी काठमाडौंमा गर्दैछ । राष्ट्रिय महाधिवेशन अगावै पालिका, जिल्ला र प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने भएका कारण देशैभर सबै कमिटीहरूकाे अधिवेशन भइरहेकाे अध्यक्ष बिष्णु प्रसाद पाेखरेलले जानकारी दिए । 

    देश संघीय व्यवस्थामा प्रवेश गरे संगै सबै संघ संस्था संगठनहरू संघीय स्वरूपमा गएका छन् ।  

    जनपक्षीय पत्रकारीताकाे वकालत गर्ने सेन्टर पालिका तहमा संगठन विस्तार गर्ने पत्रकारको पहिलाे संगठन हाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।