देवदह । शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था देवदह-६ को ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। पाठक फुडल्याण्ड देवदहमा सनिवार सम्पन्न अधिवेशनले कुल प्रसाद अधिकारीको अध्यक्षमा नयाँ संचालक समिति सर्वसम्मत रुपमा निर्वाचित गर्यो ।
संस्थाको उपाध्यक्षमा नेत्रलाल रिजाल, सचिव दामोदर क्षेत्री, कोषाध्यक्ष कमला पाण्डेय र सदस्यहरुमा आशा चौधरी थारू, पुर्णकला भुसाल, तारा न्यौपाने, टिकाराम लामिछाने र दानबहादुर ठकुरी चयन भएका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा राजीव सापकोटा तथा सदस्यहरुमा मिरा भण्डारी र बसन्त रेग्मी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
अधिवेशनमा मा बोल्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ रुपन्देहीका महासचिव दामोदर पंगेनीले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । संस्थालाई नाफामा लैजानका लागि शेयर सदस्यहरुको अहम भुमिका रहेको हुँदा बचत तथा कर्जा समयमा नै बुझाउनु पर्ने उनले बताए ।
कार्यक्रममा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, सल्लाहकार वासुदेव रिमाल, गुणाखर भुर्तेल लगायतले शुभकामना मन्तव्य राख्दै सहकारिहरुले आर्थिक सुशासन कायम गर्नुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology