Logo

२०८३, कार्तिक २७गते


images
images

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

images
  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
    images

    काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। शुक्रबार राति हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका ७१ वर्षीय वस्तीको निधन भएको हो।

    images
    images
    images

    पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले वस्तीको निधन भएको पुष्टि गरेका छन्। प्रवक्ता कुइँकेलका अनुसार अस्पताल लगे लगत्तै चिकित्सकले वस्तीको निधन भएको जानकारी गराएका थिए।

    images
    images
    images

    वस्ती २०६५ मा सर्वोच्च अदालतको न्यायाधीश बनेका थिए। उनी २०७० सालमा सर्वोच्चबाट अवकास भएका हुन्।

    images
    images

    सर्वोच्च अदालतबाट अवकाश पाएपछि उनले लामो समय राष्ट्रिय मानव अधिकार आयोगको सदस्य बनेर काम गरेका थिए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।