देवदह। देवदह प्रेस क्लबको आयोजनामा बिहिवार देखी सुरु भएको दोस्रो मिडिया फेस्टिबलको दोस्रो दिन ३ वटा सेशनमा छलफल हुँदैछ।
फेस्टिबलको दोस्रो दिनको पहिलो सेशनमा "सरहनको सिमी : उत्पादन र बजारीकरण" विषयमा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव प्रसाद अर्याल र कृषि पत्रकार कृष्ण खनाल सङ्ग पत्रकार तिलोचन दाहालले प्यानल डिस्कसन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै दोस्रो सेशन "आध्यात्मिक पर्यटन र बृहतर लुम्बिनी" विषयमा लुम्बिनी विकास कोषका सदस्य सचीव शानुराजा शाक्य र पर्यटन व्यवसायी सागर अधिकारी सङ्ग पत्रकार यम रानाले सहजीकरण गर्नुहुनेछ।

त्यस्तै फेस्टिबलकै महत्त्वपूर्ण मानिएको दोस्रो दिनको तेस्रो सेशन "आम सन्तुष्टि र लोकप्रियतावाद शिर्षकमा नेपाली राजनीतिमा चर्चित अनुहार मीन बहादुर विश्वकर्मा, रामकुमारी झाक्री, मनिष झा र डा. मीना पौडेलको उपस्थितिमा प्यानल डिस्कसन हुने आयोजकले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology