Logo

२०८३, कार्तिक २७गते


images
images

नेपालको विविधता विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी हो: उपाध्यक्ष घिमिरे

नेपालको विविधता विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी हो: उपाध्यक्ष घिमिरे

images
  • नेपालको विविधता विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी हो: उपाध्यक्ष घिमिरे
    images

    काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्वपूर्ण पुँजी रहँदै आएको बताएकी छन् ।

    images
    images
    images

    इसाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धी र उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण एक सुन्दर मुलुक भएको बताइन् ।

    images
    images
    images

    ‘विविधतायुक्त विशेषताले भरिपूर्ण मुलूकका सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्नु र तिनीहरुको प्रवद्र्धन र विकासका लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । यस अवसरमा सबै जाति, भाषा, धर्म, समुदाय र संस्कृतिको पहिचान, अपनत्व र अधिकारलाई स्थापित गर्दै सुदृढ राष्ट्रिय एकताका निम्ति क्रियाशील रहन आग्रह पनि गर्दछु,’ उपाध्यक्ष घिमिरेले सन्देशमा भनेकी छन् ।

    images
    images

    नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले संविधानप्रदत्त हक अधिकारहरुलाई कार्यान्वयन गर्दै प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी गराउँदै आफ्नो भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको स्पष्ट पारिन् ।‍

    वर्तमान सरकार पनि संविधानद्वारा प्रत्याभूत गरिएका आम नेपाली नागरिकका हक अधिकारहरुको कार्यान्वयनमा प्रतिवद्ध भएर लागिरहेको उपाध्यक्ष घिमिरेको कथन छ ।

    नेपालको राष्ट्रिय एकता, स्वधीनता तथा अखण्डतालाई मजबुद बनाउँदै, विभिन्न जात, जाति, धर्म, समुदायबीचको सु–सम्बन्धलाई प्रगाढ तुल्याउन तथा नागरिकमा बढ्दै गएको निराशालाई उत्साहमा बदल्ने गरी विकास र समृद्धिको अभियानमा जुट्न उपाध्यक्ष घिमिरेले सबैमा अपिल गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष घिमिरे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।