Logo

२०८३, कार्तिक २७गते


images
images

जिबी राई सहित १९ प्रतिवादीलाई पूरक अभियोग दर्ता, रवि लामिछानेलाई आइतबार मुद्दा दर्ता गर्ने

जिबी राई सहित १९ प्रतिवादीलाई पूरक अभियोग दर्ता, रवि लामिछानेलाई आइतबार मुद्दा दर्ता गर्ने

images
  • जिबी राई सहित १९ प्रतिवादीलाई पूरक अभियोग दर्ता, रवि लामिछानेलाई आइतबार मुद्दा दर्ता गर्ने
    images

    राजेश पराजुली, पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ ।

    images
    images
    images

    सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो । जिल्ला अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेका अनुसार यसअघि गत १८ असोजमा १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएकोमा अहिले थपेर १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ कायम गरिएको हो ।

    images
    images
    images

    ती १९ जना प्रतिवादीलाई नै सहकारीको दफा ६ बमोजिम बिगो थप माग दाबी गरिएको छ । १९ मध्ये १६ जना प्रतिवादीलाई सहकारीको दफा ६ बमोजिम बिगो थपसहित संगठित अपराध ऐनको दफा ६ बमोजिम माग दाबी छ । जिबी रार्ईको हकमा मात्र सहकारीको दफा ६ बमोजिम बिगो थप, संगठित अपराध ऐनका दफा ६ सहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन अनुसारको दफा थपसहित पूरक अभियोग दर्ता हुन आएको नि. स्रेस्तेदारलामिछानेले संचारकर्मीलाई जानकारी दिए ।

    images
    images

    शुक्रबार दायर पूरक अभियोगपत्रमा पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन । उनीहरुको हकमा कानुनको म्यादभित्र अभियोगपत्र आउने उनले बताए । रवि लामिछाने, डिआईजी छविलाल जोशी समेतविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सो प्रतिवेदनअनुसार ५१ जनालाई प्रतिवादीबाट १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।