देवदह । रुपन्देहीको देवदहमा विभिन्न कार्यक्रम गरी विश्व ध्यान दिवस–२०८१ मनाइएको छ । विश्व ध्यान दिवस–२०८१, को अवसरमा ऐतिहासिक पाकरी वृक्षमा ध्यान साधना दिवस मनाइएको हो ।
रोटरी क्लव अफ देवदहको आयोजना, जीवन विज्ञान प्रयोग शालाको व्यवस्थापन र देवदह नगरपालिकाको सहयोगमा उक्त ध्यान शिविर सञ्चालन गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
क्लवका अध्यक्ष विष्णुप्रसाद पाठकको अध्यक्षतामा भएको ध्यान शिविरमा दुर्गावहादर क्षेत्रीले सहभागिहरुलाई योग तथा ध्यानको विषयमा प्रशिक्षण दिएका थिए । सो अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले देवदहलाई अध्यात्मिक नगर बनाउन योगको महत्वपूर्ण योगदान रहने बताए । ‘मन मस्तिष्क शुभ भएमात्र हिंसात्मक गतिविधि नहुने भएकोले सम्पूर्ण नागरिक योग ध्यानमा जोडिन आवश्यक छ ।’ उनले भने, ‘मानसिक अवस्था स्वस्थ नभई शारिरीक रुपमा कोहीपनि स्वस्थ हुन सक्दैन । जीवनलाई सही मार्गमा लैजानका लागि योग गर्न आवश्यक छ ।’
कार्यक्रममा रोट्री क्लव अफ देवदहका पुर्व अध्यक्ष डा.सुन्दर पाण्डे, जीवन विज्ञान प्रयोग शालाका अध्यक्ष नमकान्त पाण्डे लगायतले बोल्दै योग जीवन नै असल जीवन हुने तर्क राखे । कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–८, का वडाअध्यक्ष हरिप्रसाद पाण्डे, लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई लगाएत स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology