Logo

२०८३, आश्विन १०गते


images
images

एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

images
  • एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित
    images
    images

    काठमाडौँ । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग नौ विकेटले पराजित भएको छ ।

    images
    images
    images

    मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बंगलादेशसँग नेपाल नौ विकेटले पराजित भएको हो । जितसँगै बंगलादेश प्रतियोगिताको फाइनलमा भारतसँगको भेट पक्का गरेको छ ।

    images
    images
    images

    आजको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो जसमा नेपालले ११ ओभरमा आठ विकेटको क्षतिमा ५४ रन जोडएको थियो । जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले नौ दशमलव पाँच ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

    images
    images
    images

    बंगलादेशका लागि ओपनर फाहोमिदा चोयाले २६ रन जोडिन् भने ओपनर मोसमत इभाले १८ रन बनाइन्। साथै सुमैया अख्तरले १० रन जोडिन्। नेपालका लागि कुसुम गोदारले एक विकेट लिइन्।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् ।

    कप्तान पूजा महतोले नौ र एलिशा यादवले आठ रन बनाए । बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान एक÷एक विकेट लिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।