Logo

२०८३, कार्तिक २७गते


images
images

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

images
  • विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन
    images

    लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि आयोजना भएको  ३३औँ शाक्य मोन्लम पूजा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) द्वारा  समापन गरिएको छ। 

    images
    images
    images

    मंसिर २४ देखि लुम्बिनी विकास कोषको पहलमा आठ वर्ष सम्म लुम्बिनीमा रोकिएको मानव कल्याण र विश्व शान्तिको कामना सहितको शाक्य मोन्लम पूजा यस वर्ष  देखि लुम्बिनीमा पुर्न: सुरु भएको हो ।

    images
    images
    images

    २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्ष सम्म रोकिए पछि विश्व प्रसिद्ध बौद्ध धर्मगुरु ४१औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेलाई उपाध्यक्ष डा. लामाको पहलमा लुम्बिनी ल्याएर मोन्लम पूजाको शुभारम्भ भएको हो ।

    images
    images

    समापन कार्यक्रममा  उपाध्यक्ष डा. लामालाई द ग्रेट बुद्ध फाउन्डेसन द्वारा बुद्धको मुर्ति उपहार दिएर धन्यवाद व्यक्त गरिएको थियो भने लुम्बिनी विकास कोषका कर्मचारी, होटल व्यवसायी, सुरक्षाकर्मी सहित पुजामा सहयोग गर्ने सबैलाई शाक्य मोन्लम आयोजक द्वारा विशेष धन्यवाद दिएको छ ।

    विगत आठ वर्षसम्म भारतको बोधगयमा हुँदै आइरहेको शाक्य मोन्लम पूजा लुम्बिनीमा आयोजना हुदा विभिन्न मुलुकका लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीहरु सहित हजारौं भक्तजनहरु उपस्तिथि हुदा लुम्बिनीका होटल व्यवसायी तथा स्थानीय उत्साही भएका हुन् । 

    भगवान बुद्धका उपदेशका पाठहरू गर्दै बोद्धिसत्व गरेकाहरूको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्त्व रहेको हुन्छ । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरूलाई प्रोत्साहन गर्ने नीति लिएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए । 

    गत वर्ष देखि लुम्बिनीलाई आध्यात्मिक धार्मिक वातावरण बनाउनको निम्ति  विभिन्न संघ संस्थाहरुलाई मायादेवी मन्दिरमा मोन्लम पूजा गर्न आग्रह गर्दै आइरहेको कार्यकारी सदस्य रोक्का बताएका छन्। भगवान बुद्धजन्मस्थल लुम्बिनीलाई संसार भर चिनाउने लक्ष्य राखिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शाक्य मोन्लम पूजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।