Logo

२०८३, आश्विन १०गते


images
images

नेपाल र भारतको खेल वर्षाले रद्द

नेपाल र भारतको खेल वर्षाले रद्द

images
  • नेपाल र भारतको खेल वर्षाले रद्द
    images
    images

    काठमाडौं । एसीसी महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

    images
    images
    images

    निरन्तरको वर्षाले मैदान प्रभावित बनाएपछि खेल नो रिजल्टमा पुगेको हो । यससँगै नेपाल र भारतले अंक बाँडेका छन् ।

    images
    images
    images

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन बनाइन् । त्यस्तै अलिशा कुमारी यादव २० रनमा अविजित रहिन् । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । भारतका लागि परुनिका सिसोडियाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै आन्नदिता किशोर र मिथिला भीले १–१ विकेट लिए ।

    images
    images
    images

    ९५ रनको विजय लक्ष्य पछ्याएको भारतले ३–१ ओभरमा बिना विकेट क्षति २८ रनमा खेलिरहेका बेला वर्षाले प्रभावित बनाएको थियो । वर्षाका कारण खेल पनि ढिला सुरू भएको थियो ।

    नेपालले सोमबार पाकिस्तानलाई हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो । नेपालले अब बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।