काठमाडौं । मलेसियामा शनिबारदेखि सुरु एसिसी यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ ।
पहिलो पटक आयोजना भएको यु–१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत र पाकिस्तान पनि छन् । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सोमबार बिहान खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।
पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीसोनी पाख्रिन, किरनकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायतछन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology