Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवलको बाजेबजै स्थानमा पितृ पूजा

बुटवलको बाजेबजै स्थानमा पितृ पूजा

images
  • बुटवलको बाजेबजै स्थानमा पितृ पूजा
    images

    बुटवल । विभिन्न ठाउँबाट बुटवलमा आएर बसेका मगर समुदायले बुटवल ७ दीपनगर स्थित बाजेबजै स्थानमा आफ्ना पितृहरुको पूजा गरेका छन् । नेपाल मगर संघ बुटवल उपमहानगर समितिको अगुवाइमा हरेक वर्ष झै यसपटक पनि स्थान परिसरमा आइतबार विशेष पूजा सम्पन्न गरेका हुन् । 

    images
    images
    images

    सो अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमूख खेलराज पाण्डेयले मगर समुदाय सांस्कृतिक र भाषिक रुपमा समृद्ध समुदाय रहेको बताउँदै यसलाई संरक्षण र प्रवद्र्धनका लागि आवश्यक रहेकोमा जोड दिए । मगर समुदायको भाषा संरक्षणको लागि बुटवल उपमहानगरले मगर ढुट भाषामा नागरिक वडापत्र राखेर सुरुवात गरेको उनले बताए । 

    images
    images
    images

    बुटवलमा बसोबास रहेका हरेक समुदायको भाषा र सस्ंकार, संस्कृतिलाई बचाउन नगरपालिकाले कन्जुस्याई नगर्ने उनको भनाई छ । 

    images
    images

    नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, मगर संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष प्रेम थापामगर लगायतले बोलेका थिए । कार्यक्रम संघका बुटवल नगर उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको थियो । 

    मगर समुदायले हरेक वर्ष मंसिर अन्तिम शुक्ल पूर्णिमाको दिन मगरहरुले आफ्ना पितृहरुको स्मरण गर्दै बाजेबजैलाई पूजाआजा गर्ने प्रचलन रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाजेबजै स्थान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।