Logo

२०८३, आश्विन ९गते


images
images

दिल्ली विधानसभा निर्वाचन : आम आदमी पार्टिबाट केजरिवललाइ बनाइयो उमेदवार

दिल्ली विधानसभा निर्वाचन : आम आदमी पार्टिबाट केजरिवललाइ बनाइयो उमेदवार

images
  • दिल्ली विधानसभा निर्वाचन : आम आदमी पार्टिबाट केजरिवललाइ बनाइयो उमेदवार
    images
    images

    काठमाडौं । आम आदमी पार्टी (आप) ले दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको चौथो तथा अन्तिम सूची सार्वजनिक गरेको छ । यो सूचीमा पार्टीका संयोजक एवम् पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित ३८ जनाको नाम छ । 

    images
    images
    images

    आपले केजरीवाललाई नयाँदिल्लीबाट टिकट दिएको छ । यसैगरी मुख्यमन्त्री आतिशीलाई कालकाजीबाट उम्मेदवार बनाइएको छ ।

    images
    images
    images

    मदिरासम्बन्धी कानुन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपमा आर्थिक अपराध हेर्ने निकाय ईडीले केजरीवाललाई २१ मार्चमा पक्राउ गरेको थियो । त्यतिबेला उनी मुख्यमन्त्री पदमा थिए ।

    images
    images
    images

    तिहाड जेलमा पाँच महिना बिताएका उनी सर्वोच्चको आदेशमा धरौटीमा रिहा भएका थिए । त्यसको दुई दिनपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि आपकी नेता आतिशी दिल्लीकी मुख्यमन्त्री बनेकी हुन् ।
    अहिले उनै केजरीवाल र आतिशी लगायतका नेताहरुलाई आम आदमी पार्टीले दिल्ली विधान सभा निर्वाचनको प्रतिस्पर्धामा उतार्ने निर्णय गरेको हो ।

    टिकट पाएपछि केजरीवालले दिल्ली विधान सभाका सबै ७० सिटमा पार्टीले उम्मेदवार घोषणा गरेको र पार्टी पूरै आत्मविश्वासका साथ चुनाव लड्न लागेको लेखेका छन् । 

    आफूहरुसँग दिल्लीको विकासका लागि दृष्टिकोण, योजना र त्यसलाई लागू गर्ने पढेलेखेका राम्रो टिम रहेको दाबी केजरीवालको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।