देवदह । जनप्रिय माध्यमिक विद्यालय देवदह-१० परिषरमा जग्गादाता स्व. प्रेमराज श्रेष्ठको अर्धकदको सालिक अनावरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेको अध्यक्षता र विद्या देवी श्रेष्ठको प्रमुख आतिथ्यमा सालिक अनावरण कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयको लागी ५ कठ्ठा जग्गा प्रदान गरि भलुहीमा शैक्षिक क्षेत्रको थालनी गरेको कार्यप्रती सम्मान प्रकट गर्दै मोहन जिसिको अध्यक्षतामा २०७९ पौष १ गते सालिक निर्माण गर्ने निर्णय गरिएको हो।
कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष अमर लामिछानेले समाजमा सामाजिक कर्तव्य पूरा गर्ने व्यक्तिको भौतिक शरीर नरहेपनी उनीहरुको नाम अमर रहने बताउदै श्रेष्ठ परिवारले दिएको योगदान प्रति सम्मान व्यक्त गरे । नजिकैको सुविधा सम्पन्न विद्यालय छोडी टाढा रहेको नाम चलेको विद्यालयमा विद्यार्थी भर्ना गर्ने प्रचलन बढेकोले सामुदायिक विद्यालय बन्द हुने स्थितिमा पुगेको गुनासो गर्दै उनले आफ्नै ठाउँको सामुदायिक विद्यालय पहिचान गरि त्यहीँ भर्ना भइ अध्यन गर्न आग्रह ।
कार्यक्रममा भाबुक हुँदै स्व.प्रेमराज श्रेष्ठ सालिक अनावरणमा पत्नी विद्या देवी श्रेष्ठले उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गरिन । कार्यक्रममा बोल्दै स्व. श्रेष्ठका कान्छा छोरा सुरेन्द्र श्रेष्ठ सालिक अनावरण गर्दा सम्पुर्ण श्रेष्ठ परिवार खुशी रहेको र अगामी दिनमा पनि विद्यालयलाई अझै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।
कार्यक्रममा बोल्दै देवदह १० वडा अध्यक्ष यक बहादुर सुनारले श्रेष्ठले दिएको योगदान प्रति सम्मान व्यक्त गरे । श्रेष्ठले देखाएको मार्गमा सबै इमान्दार रहेर विद्यालयलाइ नमुना विद्यालय बनाउनुपर्ने जनाइन ।
त्यस्तै विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष तथा देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन बहादुर जिसि ले प्रेमराज श्रेष्ठले गरेका कार्यको प्रशंसा गर्दै विद्यालयको स्थापनाका लागी सहयोग गर्ने सम्पुर्ण सहयोग दाता प्रति आभार प्रकट गरे ।
विद्यालयका प्र.अ गायत्री प्रसाद खरेलको स्वागत र शिक्षक श्याम थापाको संचालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology