Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनी संग्रालय संरक्षण् परियोजना शुरु

लुम्बिनी संग्रालय संरक्षण् परियोजना शुरु

images
  • लुम्बिनी संग्रालय संरक्षण् परियोजना शुरु
    images

    लुम्बिनी ।  बुद्धजन्मस्थल लुम्बिनी संग्रहालय संरक्षण परियोजना शुरु गरिएको छ ।  संग्रालयको अमेरिकी दुतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले बुधबार परियोजना शुरु गरिएको हो ।

    images
    images
    images

     लुम्बिनी विकास कोष र  पुरातत्व विभागका प्रतिनिधिहरूको उपस्थितीमा प्राचिन कलाकृतीहरुको अमूल्य संग्रह संरक्षण र दस्तावेजीकरण गर्ने उदेश्यले एम्बासडर फण्ड फर कल्चरल प्रिजरभेसनको करिब सवा तीन करोड रुपैयाँ अनुदानमा संग्रालय शुरुवात गरिएको छ । संग्रालय परियोजनाका अवसरमा अमेरिकी दुतावासको सार्वजनिक मामिला प्रमुख माइक हार्करले संग्रालयले स्थानीय र अन्तर्राष्ट्रिय विज्ञहरूलाई लुम्बिनी र वरपरका स्थलहरूका कलाकृतीहरू अध्ययन र संरक्षणमा महत्वपूर्ण टेवा दिने बताए । उनले पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला पनि स्थापना गरिने  बताए ।  

    images
    images
    images


    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बुद्ध फाउण्डेशनका निर्देशक आस्था थापाले संग्रालयले पु्रातात्विक अध्ययनमा ठूलो योगदान गर्ने बताए ।

    images
    images

     परियोजनाले नेपालको समृद्ध सम्पदालाई आगामी पुस्ताका लागि सुरक्षित र सुनिश्चित गर्दै सांस्कृतिक संरक्षणमा सीपहरू सुदृढ गरी  तालिम लगायतका कार्यक्रमहरु पनि समावेश गरिएको छ ।  २००३ देखि अमेरिकी दूतावासले नेपालभर सांस्कृतिक संरक्षणलाई अगाडि बढाउँदै लुम्बिनीमा पनि संग्रहालय स्थापना गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी संग्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।