Logo

२०८३, आश्विन ९गते


images
images

जनसङ्ख्या नीति मुख्य प्राथमिकतामा राख्नुपर्छ : स्वास्थ्यमन्त्री

जनसङ्ख्या नीति मुख्य प्राथमिकतामा राख्नुपर्छ : स्वास्थ्यमन्त्री

images
  • जनसङ्ख्या नीति मुख्य प्राथमिकतामा राख्नुपर्छ : स्वास्थ्यमन्त्री
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्ने बताएका छन् ।

    images
    images
    images

    बुधबार राष्ट्रिय जनसङ्ख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनसङ्ख्या प्राथमिकतामा मात्र नभई प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले भने, ‘खासगरी जनसङ्ख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ । त्यसैले जनसङ्ख्या प्राथमिकता होइन प्रमुख प्राथमिकतामा पर्नुपर्ने विषय हो । स्वास्थ्य तथा जनसङ्ख्या भन्दा त ५० प्रतिशत स्वास्थ्य र ५० प्रतिशत जनसङ्ख्या बुझ्नुपर्ने हो । तर हाम्रो मन्त्रालयमा जम्मा ११ जना विभागमा हुनुहुन्छ । ११ जना पनि खासै विज्ञ लिने त्यसको अतिरिक्त योग्यतामा भएका मात्र राख्ने भन्ने छैन ।’

    images
    images
    images

    साथै उनले नेपालको सबै जनसङ्ख्या सम्बन्धी काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नुपर्ने हो या स्वास्थ्यसँग जोडिने तर जनसङ्ख्याको विषयको काममात्र गर्नुपर्ने हो यो छुट्टाउन आवश्यक रहेको बताए ।

    उनले नेपालको सबै जनसङ्ख्याको काम तथ्यांक विभागले गर्नुपर्ने र त्यसमा विश्वविद्यालयका डिपाटमेण्टहरू जोडिनुपर्ने, राज्यका जति पनि जनसङ्ख्या सम्बन्धी मेकानिजम छ त्यो सबै एक ठाउँमा जोडिनुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।