काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मोहन वैद्यलाई महासचिव चयन गरेको छ।
मंसिर १३ देखि २३ गतेसम्म काठमाडौँमा भएको महाधिवेशनले माेहन वैद्यलाई सर्वसम्मतिले महासचिव चयन गरेको हो ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टीले महाधिवेशनबाट संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, पूर्ण केन्द्रिय समिति ११७ जनाको, ९५ जनाको वैकल्पिक केन्द्रिय सदस्य राख्ने, केन्द्रिय परिषद् समेत बनाउने निर्णय गरेको जानकारी दिएकाे छ।
राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवं संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने पार्टीले निर्णय गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology