Logo

२०८३, आश्विन १०गते


images
images

इसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

इसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

images
  • इसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको दोस्रो खेलमा हसन इसाखाइलको अर्धशतकमा चितवन राइजोजले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । 

    images
    images
    images

    कीर्तिपुर मैदानमा पहिला ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो ।

    images
    images
    images

    यसका लागि चितवनका ओपनरसमेत रहेका अफगानिस्तानका ओपनर हसन इसाखाइलले सर्वाधिक ६५ रन जोडे । ५२ बल खेलेका उनले ६ चौका र ३ छक्काको प्रहार गरे ।

    images
    images
    images

    उनलाई १५ ओभरको पहिलो बलमा तेस्रो विकेटकारुपमा सुदूरपश्चिमका स्कट कुग्गेलिजनले नरेश बूढाऐरमार्फत क्याच आउट गरेका हुन् ।

    अर्का ओपनर सन्तोष कार्कीको ब्याट आजको खेलमा चल्न सकेन । उनी केबल ९ रनमा आउट भए । बिपिन रावलले २० बल खर्चेर १७ रन जोड्दा २ चौका प्रहार गरे ।

    कप्तानसमेत रहेका कुशल मल्लको ब्याट पनि आजको खेल्नमा चल्न सकेन । उनी १६ बल खर्चेर १३ रनमा पवेलियन फर्किए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।