देवदह । देवदह युथ आइकन २०२४ को उपाधि खड्ग माध्यमिक विद्यालयकी छात्रा बिशाखा क्षेत्रीले जितेकी छन् । आइकनमा सहभागि ५५ जना प्रतिष्पर्धीलाई पछि पार्दै बिशाखाले उपाधि कब्जा गरेकी हुन् ।
उपाधि जितेसंगै बिशाखाले नगद १६ हजार ६६६ रुपैंया सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
शनिबार सम्पन्न फाईनल चरणको प्रतिष्पर्धामा सहभगि ५ जना मध्ये सगरमाथा आवासिय माविकी कृति न्यौपाने उपबिजेता बनिन् । उपबिजेता बन्न सफल कृतिले नगद ११ हजार १११ रुपैंया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
मंसीर ७ गतेबाट सुरु भएको युथ आईकनमा सहभागिहरुलाई फरक फरक विषयमा वाककलाको लागि जिम्मेवारी (टास्क) प्रदान गरिएको थियो । सहभागिहरु ‘डिजिटल नेपाल र युवा पुस्ता’, ‘युवाको नजरमा पुर्खाको देवदह’, ‘नेपाली माटो ः अवसर र सोँच’ शिर्षकका आफ्नो विचार प्रस्तुत गर्दै फाइनल चरण सम्म पुगेका थिए । फाईनल प्रतिष्पर्धामा सहभागिहरुले नयाँ र साहसिक कामको विषयमा आफ्नो धारणा राखेका थिए ।

सोही अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले युवाहरु श्रीजनशिल र सकारात्मक हुनुपर्ने धारणा राखिन् । ‘आजका युवा भोलिका नेतृत्वकर्ता हुन्, त्यसैले उनीहरुमा नकारात्मकता हावी हुनु हुँदैन ।’ उनले भनिन्, ‘पछिल्ले क्रममा कक्षा १२ पास भएपछि बिदेश जानुपर्छ भन्ने एक किसिमको भाष्य विकास भईरहेको छ, त्यसलाई चिर्न पनि युवाहरु तत्पर हुनुपर्छ ।’ ढकालले सिकाइको क्रममा रहेका युवा बिद्यार्थीहरु बिदेश जानै हुँदैन भन्ने आफु्लाई नलागेपनि बिदेशमा हासिल गरेको ज्ञान र सिपलाई नेपाल फर्किएर सदुपयोग गर्नुपर्छ भन्नेमा आँफु प्रष्ट रहेको बताइन् ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे, देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ्ग, रामनगर जेसिजका अध्यक्ष देवु भट्टराई लगाएतले बोल्दै युवा जोँस र जाँगरलाई देशमै सदुपयोग गर्नुपर्ने धारणा राखे ।
१५ दिनसम्म सञ्चालन भएको देवदह युथ आईकनमा प्रमुख प्रशिक्षकको रुपमा रमेश अर्यालले सहभागिहरुलाई फरक फरक विषयमा प्रशिक्षण दिएका थिए । त्यस्तै बैङ्कर अर्जुन ज्ञवालीले मनि सेभिङ्ग प्लान, भिक्षु सागर धम्मले पिस माइन्ड, डा विक्रम काफ्लेले स्ट्रेस म्यानेजमेन्ट सम्बन्धी तालिम प्रदान गरेका थिए ।
आईकन अवधिमै सेल्फ डिफेन्स र फिजिकल ट्रेनिङ्गको लागि सहभागिहरुलाई लुम्बिनी प्रादेशिक प्रहरी तालिम केन्द्र लगिएको थियो भने देवहद नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलसँग सहभागिहरुलाई सवाल जवाफ गराईएको थियो ।
जेसिजका अध्यक्ष आनन्द पराजुलीको अध्यक्षता, उपाध्यक्ष कमला अर्यालको स्वागत र महासचिब चित्र आलेको सञ्चालनमा भएको देवदह युथ आईकनमा पत्रकार पवन पौडेल, विष्णु पोखरेल, अस्मिना पाण्डे, प्राध्यापक कुलबहादुर क्षेत्री, शिक्षक शुसिल सापकोटा र साहित्यकार सरस्वती बस्यालले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology