देवदह । आफन्त बचत तथा ऋण सहकारी संस्था देवदहको सेवाकेन्द्र स्तरीय १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
आफन्त सकोसले पहिलो पटक शाखा स्तरीय वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साकोसले खैरेनी सेवा केन्द्र, छ नम्बर सेवा केन्द्र, शंकरपुर सेवा केन्द्र र धकधई सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न गरेको र मूल समारोह भने मंसिर २९ गते गर्ने संस्थाका अध्यक्ष गणेश सापकोटाले बताए।
वडा नं ११ मा रहेको शंकरपुर सेवा केन्द्रको उद्घाटन गर्दै देवदह नगरपालिका वडा नं ११ का वडा अध्यक्ष दूधनाथ यादवले अहिलेको अवस्थामा सहकारीमा पैसा जम्मा गर्न, सहकारीलाई विश्वास गर्न डराएका जनसमुदायहरुलाई आफन्त सहकारीले यस बारे सही जनचनेता जगाउन आग्रह गरे।
त्यस्तै सहकारीबाट पैसा लगेर समयमै ब्याज बुझाउन नसक्ने र सक्नेले पनि बाहिर अरूको हल्लामा लागेर सहकारीलाई फर्केर नहेर्ने प्रवृत्ति बढेकोमा दुःख व्यक्त उनले कसैले पनि यस्तो हर्कत नगर्न आग्रह समेत गरे।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान तथा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष शंकर पाण्डे, वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारु, संस्थाका अध्यक्ष गणेश सापकोटा लगायतले आ- आफ्नो भनाई राखेका थिए ।
शंकरपुर सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य राम नेवास यादवको स्वागत तथा शंकरपुर सेवा केन्द्रका प्रमुख विजय क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology