पोखरा । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सबै स्थानिय तहसंग शिक्षा योजना र शिक्षा कोष हुनु पर्ने बताएको छन । पोखराको पुरानो टुडिखेलमा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयको आज सम्पन्न भएको हीरक महोत्सवको समापन समारोहमा बोल्दै मन्त्री भट्टराईले नेपालमा निःशुल्क र अनिवार्य शिक्षा कार्यान्वयन गर्दा सबै स्थानिय तहसंग शिक्षा योजना र शिक्षा कोष हुनु पर्ने बताएको छन ।
उनले माध्यामिक तहका शिक्षा निःशुल्क हुनुपर्छ, आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्छ भन्ने कुरालाई बारम्बार हामीले भन्दै आएको छौं, यो कुरा संविधानमा लेखिएको छ, यसको कार्यान्वयन गर्नु हाम्रो दाहित्व हो । ” संविधानलाई कार्यान्वयन गर्न अनिवार्य र निःशुल्क शिक्षा ऐन समेत निर्माण गरिएको उनले जनाए । तत्कालै शिक्षा मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको कार्यान्वयन गर्नुपर्छ भनेर योजना समेत बनाएको मन्त्री भट्टराईले बताए ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्नुपर्दा २० प्रतिशत बजेट लाग्ने र सो बजेटको खाका समेत पेश गरिएको मन्त्री भट्टराईले बताए । सुरुवात संघिय निकाय अन्र्तगत रहेका शैक्षिक संघ संस्थाहरुबाट विभिन्न नाममा उठाइने रजिष्टेशन शुल्क नलिने एक पटक मात्र रजिष्टेन गर्ने गरी कामको सुरुवात गर्न लागेको उनले बताए । यसै बर्षबाटै यसको सुरुवात हुने मन्त्री भट्टराईले उद्घोष गरिन । ३ घण्टाको समयले परिक्षण दिने परिपार्टीले शिक्षामा सुधार गर्न आवश्यक भएको मन्त्री भट्टराईको भनाई थियो । स्वमुल्याङकन गर्नु पर्ने उनले बताए । बहुउद्देश्यीयले अघि बढाईएको राष्ट्रिय माविमा हाल सबैको साथ सहयोगले गर्दा १ हजार ४ सय बिद्यार्थीहरु हुनु उदाहरणिय भएकोमा उनले प्रशंसा गरीन । बिद्यालयमा खाजा, पुस्तक, टुईसन निःशुल्क गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले सामुदायिक बिद्यालयमा बिद्यार्थीहरु घट्नु हाम्रो सोचका कारण भएको जनाए । सोचमा परिवर्तन गर्न उनको आग्रह थियो । शिक्षा प्रतिष्प्रर्धी रहेको दाबी गर्दै मन्त्री भट्टराईले समय अनुकुल पाठ्य पुस्तक ल्याउनु पर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले सामुदायिक बिद्यालयहरूको गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे । अन्य सामुदायिक बिद्यालयको तुलनामा राष्ट्रिय मावि नमुना मावि भएको उनले जनाए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर पौडेल (बैरागी), गण्डकी प्रदेश सांसद द्धय गणेशमान गुरूङ र राजकुमारी भुजेल लगायतले शिक्षाको बारेमा चर्चा गरे ।
बिद्यालयको हीरक महोत्सव बर्ष भरी विभन्नि कार्यक्रमको आयोजना गरी आज समापन गरिएको बिद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले बताए । बिद्यालय व्यबस्थापन समितिका कार्यवहाक अध्यक्ष अरुणबिक्रम राणाको अध्यक्षतामा उक्त हीरक जयन्त समारोह सम्पन्न भएको छ । उक्त अवसरमा बिद्यालयलाई सहयोग गर्न व्यक्ति देखि संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो भने बिद्यार्थीहरुले विभिन्न सांस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology