देवदह । देवदह ईङलिस बोर्डिङ हाई स्कूल देवदह-७ को साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षागत म्यूजिकल चियर, सदनात्मक टेबल टेनिस र सदनात्मक छात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा १, २ र ३ बाट म्यूजिकल चियर प्रतियोगितामा कक्षा ३ मा अध्ययनरत विद्यार्थी क्रितिम श्रेष्ठ प्रथम, सुरेन्द्र थापा द्वितिय र इलियना पाण्डे तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरि जुनियर कक्षा ४ देखि ६ सम्म सम्पन्न सदनात्मक टेवल टेनिस प्रतियोगितामा हरियो सदनका सुजल रेश्मी प्रथम, पहेलो सदनका रिजन भुसाल द्वितिय र निलो सदनका गौरव काफलेले तृतिय स्थान हासिल गरेका थिए ।
सिनियर कक्षा कक्षा ७ देखि ९ सम्म सम्पन्न सदनात्मक छात्रा ब्याडमिन्टन प्रतियोगितामा हरियो सदनका रोजी काफ्ले प्रथम, पहेलो सदनकी एलिजा विक द्वितिय र हरियो सदनकी सिमा थापाले तृतिय स्थान हासिल गर्न सफल भए ।
कार्यवाहक प्राचार्य मन बहादुर क्षेत्रीेको अध्यक्षता भएको उक्त कार्यक्रममा सञ्चालन तथा सहजीकरण शिक्षक युवराज पौडेल, सुमन गुरुङ र भावना पुनले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology