Logo

२०८३, आश्विन ११गते


images
images

शुद्धोधनमा महिला सामुदायिक स्वास्थ्य दिवस विशेष कार्यक्रम

शुद्धोधनमा महिला सामुदायिक स्वास्थ्य दिवस विशेष कार्यक्रम

images
  • शुद्धोधनमा महिला सामुदायिक स्वास्थ्य दिवस विशेष कार्यक्रम
    images
    images

    नगेन्द्र केसी, रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडीको आयोजनामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न भएको छ। 

    images
    images
    images

    "विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको भूमिका, स्वास्थ्य समाज निर्माणमा सहभागिता" भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो। 

    images
    images
    images

    शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कार्यक्रमको उद्घाटन गर्दै  स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता लगायतका काम गर्दै आएको र स्वयंसेविका भनेकै गाउँ घर डाक्टर भनेर चिनिने भएकोले शुद्धोधन गाउँपालिकाका ६ वटा वडाका महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका हरुको अक्षयकोषमा ५०,५० हजार राखिएको अध्यक्ष बस्यालले बताए।

    images
    images
    images

    सो कार्यक्रममा शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले अहिले समुदायमा बालबालिका विरामी हुने दर घटेको र गर्भवती तथा सुत्केरीहरूको स्वास्थ्य हेरचाहमा राम्रो सहयोग पुगेको बताउँदै बालबालिकाको तौल अनुगमन भइ पोषण अवस्थाको निरन्तर लेखाजोखा भइरहेको बताए।

    उक्त कार्यक्रममा पालिकाका सातै वडाका ६३ जना महिला स्वंयसेविका हरु लाई सम्मान गरिएको थियो।शुद्धोधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, सामाजिक विकास संयोजक वडा नं ४ का वडा अध्यक्ष केशवप्रसाद अधिकारी, शुद्धोधन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी,महिला स्वंयसेविका कमला खरेल लगायतले आ - आफ्ना भनाई राखेका थिए। 

    शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको स्वागतमा र शुद्धोधन गाउँपालिका नर्सिङ अधिकृत सिर्जना पौडेलको संचालनमा  कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शुद्धोधन गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।