देवदह । रुपन्देहीको देवदह -७ शितलनगर स्थित अपाङ्ग समाजको कार्यलयमा ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाको आयोजना र अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा सो कार्यक्रम सप्पन्न भएको हाे ।
देवदह नगरपालिकाकाे उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा भएकाे कार्यक्रममा प्रत्येक वडा बाट ५ जना गरि जम्मा ६० जना अपाङ्गता भएका व्यक्तिलाई टिका, खादा र ब्ल्याङ्केट सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अपाङ्गता भएका व्यक्तिको सुख-दुख र अन्य समस्याको बारेमा छलफल गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
उनले पहिलेबाट नै देवदह नगरपालिकामा रहेका पुर्ण रुपमा अशक्त भएका ब्यक्ति लाई अपाङ्ग भत्ता प्रदान गर्दै आएको बताउदै नगरपालिकाले सधै आफ्नो अभिभावकत्व प्रदान गर्न बताए । शारीरिक रूपमा अपाङ्ग भए भन्दैमा निरास नहुन र आफू सक्षम छु भन्दै व्यवसायमा जोडिन आग्रह गर्दै उनले अपाङ्ग भएका व्यक्तिले पनि आफूमा भएको क्षमता र बुद्धिको प्रयोग गर्न सकिने बताए ।
सामुहिक रुपमा काम गर्ने चाहान्छु भन्ने व्यक्तिलाई नगरपालिकाले पनि लगानी गर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले अपाङ्गता भएका व्यक्तिहरूका लागि हरेक बर्ष विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको बताइन । उनले हरेक डिसेम्बर ३ मा अपांङ्गता दिवस मनाईने र लक्षित वर्गलाई प्रभाव पर्ने गरि यसलाई निरन्तरता दिने उनले बताइन ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकसकोटी लगायतको उपस्थिति रहेको थियो भने अपाङ्ग समाज सेवा केन्द्रका सचिव धर्मप्रसाद सापकोटाको स्वागत र इन्दिरा भुषालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology