Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तराष्ट्रिय अपाङ्गता दिवस : पल्लवी सहकारी बाड्यो राहत

अन्तराष्ट्रिय अपाङ्गता दिवस : पल्लवी सहकारी बाड्यो राहत

images
  • अन्तराष्ट्रिय अपाङ्गता दिवस : पल्लवी सहकारी बाड्यो राहत
    images

    देवदह । ३३औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा देवदहमा अवस्थित पल्लवी बचत तथा ऋण सहकारी संस्थाले राहत वितरण गरेको छ । मंगलबार सहकारीले अपाङ्गता भएका शेयर सदस्य र परिवारलाई राहत वितरण गरेको हो ।

    images
    images
    images

    राहत वितरण कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष प्रमोद खनालले सहकारी एउटा परिवार भएको बताए । 'हामी सबै पल्लवी सहकारीका सदस्य हौँ ।' अध्यक्ष खनालले भने, 'हाम्रा शेयर सदस्य वा उहाँहरुको परिवारमा कति जना अपाङ्ग भएका व्यक्ति हुनुहुन्छ ? त्यसको खोजी गर्ने र राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत आज पाँच जना शेयर सदस्यलाई राहत वितरण गरेका छौं ।'

    images
    images
    images

    पल्लवी सहकारीमा जोडिएकामध्ये २६ जना अपाङ्गता भएका व्यक्त रहेको तथ्यांक प्राप्त भएको र उनीहरुलाई आवश्यकता अनुसार राहत वितरण गरिने उनको भनाई छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ आज विश्वभरी विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।