काठमाडौं । काठमाडौंस्थित कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले निर्वाचित भएका छन् । उनी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरलाई एकहजार १०२ मतले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
निर्वाचित डंगोलले चारहजार ७६८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मानन्धरले तीहजार ६६६ मत पाए । तेस्रो बनेका नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले तीनहजार ३२७ मत पाए ।
यसैगरी, 'केटा र केटी' चुनाव चिह्न भएका स्वतन्त्र उमेदवार राजमान महर्जनले एहजार ७०५ मत पाए । अर्का स्वतन्त्र उमेदवार 'बाकस' चुनाव चिह्न भएका कविकुमार महर्जनले एकहजार २२१ मत पाए । यस्तै, 'कैँची' चुनाव चिह्न भएका स्वतन्त्र उमेदवार दिनेशकुमार अधिकारीले एकहजार ४३ मत पाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जनले ८६९ मत पाए ।
कीर्तिपुरमा २६ हजार ६०४ मतदाता रहेकामा १८ हजार १३८ मत खसेको थियो । जसमध्ये १७, हजार ६७४ मत सदर हुँदा ४६४ मत बदर भयो ।
कीर्तिपुरको वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि कांग्रेसका उमेदवार नै निर्वाचित भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology