त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को अध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका खत्रीले पाँच सय ९० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जसीराम बस्नेतले पाँच सय ३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology