देवदह । स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहले विभिन्न कार्यक्रम गरी दशौंं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बार्षिक साधारण सभाको अवसरमा वडास्तरीय पुरुष भलिवल प्रतियोगिता, पूर्ण अपाङ्गतालाई ह्यील चियर प्रदान, जेष्ठ नागरिक सम्मान तथा संस्थाको विकासमा सहयोग गर्नेहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।
परिवारले बार्षिक साधारण सभाको अवसरमा बुद्ध सामुदायिक वनको सहार्यमा पूर्ण अपाङ्गता मनबहादुर गुरुङ र मोहन विकलाई ह्वील चियर प्रदान गरेको छ । यसैगरी संस्थाका आजीवन सदस्य जेष्ठ नागरिक ८८ बर्षीय नन्दकला गुरुङ्ग र ८७ बर्षीय गगन क्षेत्रीलाई सम्मान गरिएको अध्यक्ष विनोदकुमार गुरुङले जानकारी दिए ।
त्यसैगरी साधारण सभाको अवसरमा संस्थाको विकासमा सहयोग गर्ने बेलबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो । सो अवसरमा बोल्ने वक्ताहरुले समाजको विकासमा भुपुहरुको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । उनीहरुले उद्यमशिलताले मात्र आर्थिक विकास गर्न सकिने भएकोले भुपुहरु आर्थिक उपार्जन संग जोडिन आवश्यक रहेकोमा जोड दिए । उनीहरुले अधिकार प्राप्तीको लागि एकताको आवश्यक रहने बताउदै भुपुहरुको एकतालाई अरुले पनि अनुशरण गर्न सकिने बताए ।
स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष विनोदकुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर प्रवक्ता गणेश डुम्रे, देवदह–६, का वडाअध्यक्ष खेमबहादुर थापा, वडा नं ७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, परिवारका पुर्वअध्यक्ष खोमबहादुर सिंह ठकुरी, नेकपा एमालेका नगर अध्यक्ष केशवप्रसाद भट्टराई, खेल संयोजक मिलन मास्की राना लगायतले आ–आफना भनाई राखे ।
कार्यक्रममा अध्यक्ष गुरुङ्गले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष लालबहादुर गुरुङ्गले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका बरिष्ठ उपाध्यक्ष खडकबहादुर पुनको स्वागत र सचिव जयबहादुर पुलामीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology