Logo

२०८३, कार्तिक २७गते


images
images

एमाले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्धा चलेन

एमाले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्धा चलेन

images
  • एमाले पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्धा चलेन
    images

    काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवम्‌ नेकपा (एमाले) का प्रदेश सांसद सांसद्‌ लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध हालिएको रिट दरपीठ भएको छ। सर्वोच्च अदालतले आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको हालेको रिट दरपीठ गरेको हो ।

    images
    images
    images

    ‘लिलाबल्लभ अधिकारीको प्रस्तुत वरदातमा संलरन रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिए‌कोले निज उपर थप प्रमाण प्राप्त भएका बखत कानुन बमोजिम हुने नै हुँदा’ भनी उल्लेख भएको परिप्रेक्षमा प्रस्तुत रिट निवेदन यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ता गर्न मिलेन। मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरी दिइएको छ,’ सर्वोच्चको आदेशमा लेखिएको छ ।

    images
    images
    images

    अधिकारी सरकारको अनुमति बिनै जानकारी नै नदिइ कात्तिक चौथो साता एकाएक जापान पुगेका थिए । उनले नक्कली सरकारी कार्ड बनाएर तीन जनालाई जापान पुर्‍याएको खुलेको थियो । जापानले डिपोर्ट गरिदिएपछि प्रहरीले उनलाई कात्तिक २६ गते विराटनगरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

    images
    images

    तर, सरकारको दबाबमा उनलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको थियो । सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।