देवदह । रुपन्देहीको देवदहमा देवदह प्रिमियर लिग (डिपीएल) सुरु भएको छ । शनिबार देवदह ७ स्थित देवदह क्रिकेट युनिटको ग्राउन्डमा भएको उद्घाटन खेलमा पाकडी प्यान्थर्सले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा टटेरा डाईनामाईटलाई ६ विकेटले पराजित गर्दै पाकडी प्यान्थर्सले विजयी सुरुवात गरेको छ । टस जितेर ब्याटिङ्ग गरेको टटेरा डाईनामाईटले १५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनायो । टिमका लागि प्रशान्त मगर र सन्दिप अर्यालले १७-१७ रनको पारी खेलेका थिए । पाकडीका अनिल पाण्डे र प्रेम भुर्तेलले ३-३ विकेट लिए भने प्रकाश भण्डारी, राजन तिवारी र रोशन गौतमले समान १-१ विकेट लिए।
७४ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको पाकडीले १० दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्री पूरा गरेको हो। टिमका लागि रोशन गौतमले ३१ रन र प्रकाश भण्डारीले २० रन बनाए । टटेराका लागि सन्दिप अर्यालले २, सन्दिप बस्याल र अर्जुन रायमाझीले १-१ विकेट लिए । खेलको म्यान अफ द म्याच पाकडी प्यान्थर्सका रोशन गौतम भए ।
दोश्रो खेलमा शित्तलनगर स्ट्राइकर्सले भवानीपुर रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको भवानीपुर रोयल्सले १५ ओभरमा पुरै विकेट गुमाउँदै ६६ रन बनायो । टिमका लागि अमृत कुवरले ११ रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । शित्तलनगरका अनिल नेपाली, सुशील रिजाल, सरोज केसी, अर्बर अलि, बिनोद क्षेत्री र बिकास श्रेष्ठले समान १-१ विकेट लिए ।
६६ रनको विजय लक्ष्य सहित मैदान उत्रिएको शित्तलनगरले ९ ओभरमा २ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गर्यो । टिमका लागि अर्बर अलिले ३१ रन र अजय थापा मगरले १३ रन बनाए । भवानीपुरका संकेत भट्टराई र राम बहादुर चौधरीले १-१ विकेट लिए । खेलको म्यान अफ द म्याच शित्तलनगरका अर्बर अलि भए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology